सोमबार २५ श्रावण २०८३
समाज

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

सोमबार श्रावण २५, २०८३/ Monday 08-10-26

काठमाडौँ। साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। लगातार वर्षा भइरहे पनि भक्तजनहरू छाता ओढ्दै तथा पानीमा भिज्दै लामबद्ध भएर शिवालयमा पूजाआजा र दर्शनका लागि पुगेका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ। दर्शनार्थीको सहज, सुरक्षित र व्यवस्थित दर्शन तथा विशेष पूजाका लागि आवश्यक व्यवस्थापन मिलाइएको कोषले जनाएको छ।

साउनको अन्तिम सोमबार भएकाले सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि बिहानैदेखि लाम लागेको छ।

पशुपतिनाथ जाने गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थानलगायत क्षेत्रबाट भक्तजन आउने क्रम जारी छ।

 

तपाईको प्रतिक्रिया