शुक्रबार २९ श्रावण २०८३
राजनीति

पाँच महिनापछि स्वदेश फर्किए देउवा

बिहीबार श्रावण २८, २०८३/ Thursday 08-13-26

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्।

देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका लागि पत्नी आरजु राणा देउवासहित सिंगापुर गएका थिए।

नेपाल फर्किएपछि देउवाको स्वागतका लागि विमानस्थलमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको थियो। विमानस्थलबाट बाहिरिने क्रममा देउवाले हात हल्लाउँदै समर्थकहरूको अभिवादन स्वीकार गरेका थिए भने उनलाई खादा र मालासमेत लगाइएको थियो।

 

तपाईको प्रतिक्रिया