शुक्रबार २९ श्रावण २०८३
बिजनेस

प्रधानमन्त्री बालेनको पहलमा बडीमालिकामा फोरजी सेवा विस्तार हुँदै

बिहीबार श्रावण २८, २०८३/ Thursday 08-13-26

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पहलमा बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा फोरजी सेवा विस्तारको तयारी तीव्र पारिएको छ।

समुद्री सतहबाट करिब ४ हजार २२० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमका उपकरण हेलिकप्टरमार्फत पुर्‍याएर फोरजी सेवा सञ्चालन गर्न लागिएको हो।

फोरजी सेवा विस्तार भएपछि बडीमालिका पुग्ने तीर्थयात्री, पर्यटक तथा स्थानीयवासीले सहज रूपमा मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्। दुर्गम हिमाली क्षेत्रमा सञ्चार पहुँच विस्तारसँगै आपत्कालीन अवस्थामा समेत सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।

बडीमालिकासम्म फोरजी सेवा पुगेसँगै उच्च हिमाली क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया