राजनीति
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
बिहीबार श्रावण २८, २०८३/ Thursday 08-13-26
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि प्रदेशसभाको बैठक साँझ ५ बजे बस्दैछ।
सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।
५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, नेपाली कम्युनिस्ट पार्टीका २२, एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्। सरकार गठन वा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ।
यसअघि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ। सहमतिअनुसार आगामी सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ।
तपाईको प्रतिक्रिया