शुक्रबार २९ श्रावण २०८३
खेलकुद

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

बिहीबार श्रावण २८, २०८३/ Thursday 08-13-26

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति तय गरेको हो। बैठकले मंसिर १६ गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ।

दशौं राष्ट्रिय खेलकुद यसअघि नै आयोजना हुनुपर्ने भए पनि विभिन्न कारणले पटक–पटक स्थगित हुँदै आएको थियो। विशेषगरी आवश्यक खेल पूर्वाधार निर्माण तथा अन्य तयारी पूरा हुन नसक्दा पूर्वनिर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न सम्भव भएको थिएन।

अब नयाँ मिति तय भएसँगै प्रतियोगितालाई निर्धारित समयमै सम्पन्न गर्न आयोजकले तयारी तीव्र पार्नुपर्ने भएको छ। पूर्वाधार, व्यवस्थापन तथा अन्य आवश्यक तयारी समयमै पूरा गर्नु आयोजकका लागि मुख्य चुनौती बनेको छ।

तपाईको प्रतिक्रिया