काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज मुस्ताङस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शनका लागि पोखराबाट मुस्ताङ प्रस्थान गर्दै हुनुहुन्छ।
शाह हिजो सडकमार्ग हुँदै काठमाडौँबाट पोखरा पुग्नुभएको थियो। उहाँ माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित एक रिसोर्टमा परिवारसहित बस्नुभएको छ।
प्रधानमन्त्री शाह आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै मुस्ताङतर्फ जाने तयारीमा हुनुहुन्छ। उहाँको भ्रमण निजी तथा पारिवारिक रहेको बताइएको छ।
शाह मुक्तिनाथ दर्शनका लागि पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया