सोमबार ७ मङ्सिर २०८३
राजनीति

प्रधानमन्त्री बालेन शाह ३५ सदस्यीय टोलीसहित भारत प्रस्थान, मोदी र राष्ट्रपति मुर्मुसँग भेटवार्ता गर्ने

आइतबार मङ्सिर ६, २०८३/ Sunday 11-22-26

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित त्यहाँका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहयोग विस्तार गर्ने तथा साझा हितका विभिन्न विषयमा छलफल हुने बताइएको छ। भ्रमणका क्रममा केही महत्त्वपूर्ण विषयमा समझदारीसमेत गर्ने तयारी छ।

भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले रास्वपाका सभापतिसँग भेट गरी भ्रमणका विषयमा विस्तृत जानकारी गराएका थिए।

सो अवसरमा पार्टी सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका थिए।

 

तपाईको प्रतिक्रिया