सोमबार ७ मङ्सिर २०८३
राजनीति

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई

आइतबार मङ्सिर ६, २०८३/ Sunday 11-22-26

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री बालेन शाह भारतको राजकीय भ्रमणमा जानुअघि मन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्।

प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी तोक्ने प्रचलनअनुसार श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन्।

भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तापछि प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यतालिका रहेको छ।

 

तपाईको प्रतिक्रिया