बिहीबार ३ मङ्सिर २०८३
खेलकुद

चितवन राइनोज ६१ रनले विजयी, काठमाडौं गोर्खाज एलिमिनेटरबाट बाहिरियो

बुधबार मङ्सिर २, २०८३/ Wednesday 11-18-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा २०५ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो ।

काठमाडौंका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए । भीम सार्कीले अविजित ३०, सहान आराचिगेले २४ तथा राशिद खानले १२ रन जोडे । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

चितवनका बलर रिजान ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ३ तथा राशिद खान र कुशल मल्लले समान १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो ।

चितवनका लागि कमिल मिशाराले विस्फोटक ब्याटिङ गर्दै ५९ बलमा अविजित १२० रन बनाए । उनले ५ चौका र १० छक्का प्रहार गरे । रवि बोपाराले ४२ बलमा ५३ रनको योगदान दिए । विवेक यादवले ३ बलमा ८ रन जोडे ।

काठमाडौंका करण केसी र राशिद खानले समान २ विकेट लिए ।

चितवनको जितमा शतक बनाएका कमिल मिशारा र चार विकेट लिएका रिजान ढकाल निर्णायक बने ।

 

तपाईको प्रतिक्रिया