काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) का दुई विकेट लिएको छ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले पावरप्लेमै यूएईका दुवै ओपनरलाई पेभेलियन फर्काएको हो।
यूएईले पहिलो विकेटका रूपमा आर्यान्श शर्मालाई ८ रनमा गुमायो। उनी कट बिहाइन्ड भए। त्यसपछि अर्का ओपनर अंश तन्डन १ रन बनाएर रनआउट भए।
खेलको १० ओभर समाप्त हुँदा यूएईले २ विकेट गुमाएर ४७ रन जोडेको छ। हाल क्रिजमा हरप्रित सिंह १९ र मुहम्मद सहदाद १३ रन बनाएर खेलिरहेका छन्।
नेपालका लागि रासिद खानले एक विकेट लिएका छन् भने अर्को विकेट रनआउटका रूपमा प्राप्त भएको हो।
प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा यूएईविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको छ।
तपाईको प्रतिक्रिया