बुधबार २ मङ्सिर २०८३
समाज

प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल नियमित इजलासमा फर्किए

मंगलबार मङ्सिर १, २०८३/ Tuesday 11-17-26

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुँयाल नियमित न्यायिक काममा फर्किएका छन्।

इनम सापकोटाको ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि केही समय इजलासमा नबसेका दुवै न्यायाधीश मंगलबारदेखि नियमित सुनुवाइमा सहभागी भएका हुन्।

तिहार बिदापछि अदालत खुलेसँगै प्रधानन्यायाधीश शर्मा न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँग संयुक्त इजलासमा बसेका छन्। त्यस्तै, न्यायाधीश फुँयाल न्यायाधीश गोकर्ण डाँगीसँगको संयुक्त इजलासमा सहभागी भएर मुद्दाको सुनुवाइ गरिरहेका छन्।

यसअघि उक्त ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा इजलासमा नबसी न्यायप्रशासनसम्बन्धी काममा संलग्न थिए। न्यायाधीश फुँयाल भने तिहारअघि नै बिदामा बसेका थिए।

करिब तीन साताअघि सार्वजनिक भएको सापकोटाको ह्वाट्सएप सन्देशमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल दुवैको नाम उल्लेख गरिएको थियो।

 

तपाईको प्रतिक्रिया