बुधबार १० भदौ २०८३
बिजनेस

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

मंगलबार भदौ ९, २०८३/ Tuesday 08-25-26

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको मूल्य ६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार नौ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया