समाज
भोलि मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा
मंगलबार भदौ ९, २०८३/ Tuesday 08-25-26
काठमाडौं। मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीका लागि बुधबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार भदौ १० गते परेको मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिइएको हो।
२०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने व्यवस्था छ। मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी गराएपछि गृह मन्त्रालयले सोहीअनुसार बिदा दिने निर्णय गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया