बुधबार १० भदौ २०८३
राजनीति

प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

मंगलबार भदौ ९, २०८३/ Tuesday 08-25-26

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक निर्धारित समयमा बस्न नसक्ने भन्दै संघीय संसद् सचिवालयले सूचना जारी गरेको हो। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक स्थगित गर्नुको ठोस कारण भने खुलाइएको छैन।

सचिवालय स्रोतका अनुसार सभामुख डोलप्रसाद अर्यालको स्वास्थ्यमा देखिएको समस्याका कारण पनि बैठक स्थगित गरिएको हो। स्रोतका अनुसार सभामुख अर्याल स्वास्थ्य समस्याका कारण सोमबार अस्पतालसमेत गएका थिए।

यसैगरी, सभामुख अर्यालकी सासुको निधन भएकाले पारिवारिक शोकमा सहभागी हुनुपर्ने अवस्था रहेकाले पनि बैठक स्थगित गरिएको स्रोतले जनाएको छ।

अब प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

 

तपाईको प्रतिक्रिया