राजनीति
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस
मंगलबार भदौ ९, २०८३/ Tuesday 08-25-26
बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले मागेको विश्वासको मतमा पार्टीले पक्षमा मतदान गर्न ह्विप जारी गरे पनि काफ्ले बैठकमा अनुपस्थित भएको संसदीय दलको आरोप छ। स्पष्टीकरण माग्दा समेत चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरिएको हो।
काफ्ले जसपा नेपालको समानुपातिकतर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन्।
तपाईको प्रतिक्रिया