बुधबार १० भदौ २०८३
माैसम

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा १०० मिलिमिटरभन्दा बढी वर्षा

बुधबार भदौ १०, २०८३/ Wednesday 08-26-26

काठमाण्डौ । गएराति गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकको धेरैजसो ठाउँमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यसैगरी कास्की, लमजुङ, नुवाकोट र झापालगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ ।

आज कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति कोशीको हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ ।

तपाईको प्रतिक्रिया