रसुवामा बाढीको भयावह क्षति : तीन वडा ध्वस्त, जनप्रतिनिधिसहित दर्जनौँ सम्पर्कविहीन
रसुवा । बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर २, ३ र ५ मा ठूलो क्षति पुर्याएको छ। नदी किनारका बस्तीहरू बगरमा परिणत भएका छन्।
गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार फसेका र घाइतेहरूको उद्धार भइसकेको छ। अब बेपत्ता तथा मृतकको खोजी र शव संकलनको काम सुरु गरिनेछ।
स्याफ्रुबेँसी, टिमुरे, घट्टेखोला र रसुवागढी क्षेत्र बाढीबाट गम्भीर प्रभावित भएका छन्। पालिका भवन, स्वास्थ्य चौकी तथा प्रहरी भवनसमेत क्षतिग्रस्त भएका छन्।
प्रारम्भिक विवरणअनुसार वडा नम्बर ३ का १२ जना सम्पर्कविहीन छन् भने वडा नम्बर २ र ५ मा बेपत्ताको संख्या यकिन हुन सकेको छैन। वडा नम्बर ५ का अध्यक्ष, वडा नम्बर २ का अध्यक्ष र गाउँपालिका उपाध्यक्षसमेत सम्पर्कविहीन रहेको अध्यक्ष तामाङले बताएका छन्।
उद्धारका लागि हेलिकप्टर पर्याप्त रहेको र स्थानीय, प्रदेश तथा संघीय सरकारको समन्वयमा उद्धार तथा खोजी कार्य भइरहेको उनले जानकारी दिए।
तपाईको प्रतिक्रिया