समाज
बाढीले बगाएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ
बिहीबार भदौ ११, २०८३/ Thursday 08-27-26
चितवन । भोटेकोशी नदीको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले भिडियोमा देखिएका व्यक्तिको खोजी गरेको थियो।
अनुसन्धानका क्रममा प्रहरीले नवलपरासी विनयत्रिवेणी–१ घर भई भरतपुर–१ मा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी चादँबेला–५ घर भई भरतपुर–२ मा बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई भरतपुरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।
तपाईको प्रतिक्रिया