काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ३९ वर्षीया पौडेललाई काठमाडौंको बबरमहलबाट नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले पुष्टि गरेका छन्।
एआईजी चतुर्वेदीका अनुसार पौडेलमाथि बीमा ऐन, २०७९ अन्तर्गतको कसुर गरेको आरोप छ। सोही आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पौडेल काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी थिइन्। घटनाबारे सीआईबीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
तपाईको प्रतिक्रिया