शुक्रबार १२ भदौ २०८३
समाज

भोटेकोशीमा नदी थुनिएर ताल बन्यो, फुट्ने जोखिम

बिहीबार भदौ ११, २०८३/ Thursday 08-27-26

काठमाडौं । बुधबार भीषण बाढी आएको भोटेकोशी खोलाको माथिल्लो क्षेत्रमा नदी थुनिएर ताल बनेको पाइएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार चीनतर्फबाट प्राप्त भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणबाट नदी थुनिएर ताल बनेको पुष्टि भएको हो। तालको पानी बढिरहेको र फुट्ने जोखिमसमेत रहेको महाशाखाले जनाएको छ।

महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउँदै नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

चीनको जलस्रोत मन्त्रालयका अनुसार छोछेन खोला र पुरेपु त्साङपो नदीको दोभान नजिकै नदी थुनिएर ताल बनेको हो।

 

तपाईको प्रतिक्रिया