सोमबार १५ भदौ २०८३
समाज

भोटेकोशी बाढीले पुरेको कृषि विकास बैंकको पैसा विदुरमा भेटियो

आइतबार भदौ १४, २०८३/ Sunday 08-30-26

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको कृषि विकास बैंकको रकम नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा पुरिएको अवस्थामा भेटिएको छ।

बाढीका कारण रसुवास्थित बैंकको संरचना तथा सामग्रीमा क्षति पुगेपछि बगेर आएको रकम विदुर नगरपालिका क्षेत्रमा माटो तथा गेग्रानले पुरिएको अवस्थामा फेला परेको हो।

स्थानीयवासी तथा सुरक्षाकर्मीको खोजीका क्रममा रकम भेटिएपछि त्यसलाई सुरक्षित गरिएको जनाइएको छ। फेला परेको रकम सम्बन्धित कृषि विकास बैंकलाई बुझाउने प्रक्रिया अघि बढाइएको बताइएको छ।

भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि नदी किनार तथा प्रभावित क्षेत्रमा हराएका सामग्री र सम्पत्तिको खोजीसमेत भइरहेको छ

 

तपाईको प्रतिक्रिया