काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षति अत्यन्तै दुःखद र अकल्पनीय रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय शोकको अवस्थामा राजनीतिक स्वार्थभन्दा माथि उठेर पीडितको उद्धार र सहयोगमा जुट्नुपर्नेमा जोड दिए। शोक र पीडाको समयमा राजनीति नगरी सबैले उदारतापूर्वक सहयोगको हात बढाउनुपर्ने उनको भनाइ थियो।
बाढी तथा विपद्को यस्तो परिस्थितिमा नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने ओलीले बताए। उनले विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहसहित विभिन्न संघसंस्था तथा परोपकारी व्यक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
तपाईको प्रतिक्रिया