काठमाडौँ । भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको गोवास्थित डोना पाउलाको निवासमा बिहीबार बिहान निधन भएको हो।
कार्डियक अरेस्टपछि बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकहरूले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। चिकित्सकले बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरेका थिए।
मणिपाल अस्पतालका ओन्कोलोजी विभाग प्रमुख डा. शेखर सालकरले पाटेकरलाई अस्पताल ल्याएपछि करिब ४५ मिनेटसम्म निरन्तर सीपीआर दिइएको जानकारी दिएका छन्।
हिन्दी तथा मराठी चलचित्रमा चार दशकभन्दा लामो समय सक्रिय पाटेकर प्रभावशाली अभिनयका लागि परिचित थिए। ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’, ‘वेलकम’, ‘प्रहार’ लगायतका चलचित्रमा उनले उल्लेखनीय अभिनय गरेका छन्।
अभिनयसँगै निर्देशन र रंगमञ्चमा समेत सक्रिय पाटेकरलाई भारतीय चलचित्र क्षेत्रमा विशिष्ट योगदानका लागि सन् २०१३ मा पद्मश्रीबाट सम्मान गरिएको थियो।
तपाईको प्रतिक्रिया