शुक्रबार ३० असोज २०८३
बिजनेस

देउवा समूहमा पालिका प्रमुख–उपप्रमुख तथा सङ्घ र प्रदेश सांसद स्वतः महाधिवेशन प्रतिनिधि बन्ने

बिहीबार असोज २९, २०८३/ Thursday 10-15-26

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।

देउवा समूहले कांग्रेसका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो।

समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

पत्रमा प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत कांग्रेसबाट निर्वाचित भई हाल पदमा कार्यरत स्थानीय तहका प्रमुख तथा उपप्रमुख र संघीय तथा प्रदेश तहका सांसदलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि कायम गर्न अनुरोध गरिएको छ।

उक्त निर्णयले कांग्रेसको १५औँ महाधिवेशनमा प्रतिनिधि छनोट प्रक्रियालाई प्रभावित पार्ने देखिएको छ।

 

तपाईको प्रतिक्रिया