शुक्रबार ३० असोज २०८३
राजनीति

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबिच भेटघाट

बिहीबार असोज २९, २०८३/ Thursday 10-15-26

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानबीच बिहीबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धलाई थप मजबुत बनाउने र द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नवनियुक्त राजदूत खानलाई कार्यकाल सफलताको शुभकामना दिँदै उनको नियुक्तिप्रति बधाई व्यक्त गरेका थिए।

दुवै पक्षले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, पारस्परिक हितका क्षेत्रमा सहकार्य बढाउने र आपसी सहयोगका सम्भावित क्षेत्रलाई विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

भेटवार्ताले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी सहयोगलाई नयाँ उचाइमा पुर्‍याउन जोड दिएको छ।

तपाईको प्रतिक्रिया