अर्थ
नेप्से ४.५६ अंकले बढ्यो, कारोबार रकम साढे चार अर्बमाथि
बिहीबार असोज २९, २०८३/ Thursday 10-15-26
काठमाडौं । साताको कारोबारअन्तर्गत बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको हो। परिसूचकमा आएको वृद्धिसँगै यस दिनको कारोबार रकम पनि बढेर ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।
बजारमा उतारचढाव कायम रहँदा अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। बिहीबार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा उच्च वृद्धि देखिएको छ। कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको हो।
क्षेत्रगत रूपमा हेर्दा म्युचुअल फन्डको मूल्यमा सामान्य गिरावट आएको छ। यस्तै, अन्य कम्पनीहरूको सेयर मूल्यमा भएको गिरावट भने दुई प्रतिशतभन्दा कम रहेको छ।
तपाईको प्रतिक्रिया