बुधबार २५ कार्तिक २०८३
समाज

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड

बुधबार कार्तिक २५, २०८३/ Wednesday 11-11-26

काठमाडौं ।  भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थी तथा टीका लगाउनेहरूको भीड लागेको छ ।

दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले समेत यहाँ पुगेर भाइटीका लगाउने परम्परा रहेकाले मन्दिर परिसरमा सर्वसाधारणको चहलपहल बढेको हो ।

वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा टीका की पूजा लगाउन काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गरेका छन् ।

मन्दिरमा बिहानैदेखि दर्शन तथा टीका लगाउनेहरूको उपस्थिति बढेसँगै परिसरमा उल्लासमय वातावरण देखिएको छ ।

दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयता साटासाट गर्ने भाइटीका पर्वले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।

 

तपाईको प्रतिक्रिया