सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य, जनकपुरको खराब सुरुवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । थारिन्दु रत्नायकेले अविजित २७, आरिफ शेखले ११ तथा विनोद भण्डारी र साइफ जैबले समान १० रन जोडे ।
जनकपुरका हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । ह्यारी टेक्टरले १, राहुल यादवले १, आदित्य महताले १ र अभिषेक तिवारीले १ विकेट हात पारे ।
जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ५.३ ओभरमा ३ विकेट गुमाएर २७ रन बनाएको छ । टोलीलाई जितका लागि ८७ बलमा थप ९४ रन आवश्यक छ ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा हेमन्त धामीले १ विकेट लिएका छन् ।
जनकपुरका त्रितराज दास ११ रनमा अविजित छन् भने रयान बर्ल १ रनमा खेलिरहेका छन् ।
तपाईको प्रतिक्रिया