आइतबार २२ कार्तिक २०८३
राजनीति

देउवा समूहले ३९ जिल्लामा गर्‍यो कांग्रेसको अधिवेशन, यी हुन् नवनिर्वाचित सभापति

आइतबार कार्तिक २२, २०८३/ Sunday 11-08-26

काठमाडौँ । नेपाली कांग्रेसभित्र समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको शेरबहादुर देउवा समूहले हालसम्म ३९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ।

समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार ३९ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो।

मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको देउवा समूहले जिल्ला अधिवेशनका लागि कात्तिक मसान्तसम्मको समयसीमा तोकेको छ।

समूहले अधिवेशनबाट निर्वाचित जिल्ला सभापतिहरूको नामसमेत सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नवनिर्वाचित सभापतिहरू यसप्रकार छन् :

नवनिर्वाचित जिल्ला सभापतिहरू

ताप्लेजुङ – अमरबहादुर सेन्दाङ

झापा – कृष्ण हुमागाईं

संखुवासभा – रामकुमार जिमी

भोजपुर – धर्मराज राई

खोटाङ – रोजेन राई

धनुषा – कोमलकान्त झा

बारा – राजेशराय यादव

सिन्धुपाल्चोक – बालकृष्ण बस्नेत

चितवन – मिलनबाबु श्रेष्ठ

कास्की – ऋषिराम काफ्ले

पर्वत – यमबहादुर मल्ल (रामकृष्ण)

स्याङ्जा – इन्द्रबहादुर गोदार

म्याग्दी – हिराबहादुर पुन

कपिलवस्तु – राजेश सिंह

अर्घाखाँची – बाबुराम पौडेल

रोल्पा – मानबहादुर खत्री

प्युठान – देवेन्द्र बर्मा

दाङ – गोपालराज शर्मा

रुकुम पश्चिम – नन्दबहादुर विष्ट

सल्यान – दीपक चन्द

जुम्ला – नेत्रकला शाही

मुगु – तिलक मल्ल

हुम्ला – सूर्यबहादुर शाही

कालिकोट – नगेन्द्र विष्ट

दैलेख – दिनेशकुमार हमाल

डोटी – बाजिसिंह खड्का

दार्चुला – सुरेन्द्रराज अवस्थी

बैतडी – वीरबहादुर विष्ट

बझाङ – हर्कजंगबहादुर सिंह

उदयपुर – बसन्तकुमार बस्नेत

रसुवा – उपेन्द्र लम्साल

बाँके – प्रमोद श्रेष्ठ

जाजरकोट – रामजंग शाह

डडेलधुरा – डिल्लीराम जोशी

बाजुरा – धनराज पण्डित

काभ्रेपलाञ्चोक – रमेशप्रसाद हुमागाईं

गुल्मी – वेदबहादुर थापामगर

बर्दिया – जग्गाप्रसाद पाण्डे

ओखलढुंगा – डेकराज भट्टराई

 

 

तपाईको प्रतिक्रिया