काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको एकमात्र खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिम रोयल्सले बाजी मारेको छ । कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
लिगमा ६ अंक जोडेको सुदूरपश्चिम तेस्रो स्थानमा छ भने ४ अंकसहित जनकपुर पाँचौँ स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया