नेपाली यू–१९ महिला टोलीलाई बेल्ट एन्ड रोड सिरिजको उपाधि
काठमाडौं। नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।
छ टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ खेलमध्ये चारमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण नतिजाविहीन बने।
नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। चीनसँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।
तेस्रो खेलमा नेपालले हङकङलाई ९२ रनको फराकिलो अन्तरले हरायो। त्यसपछि चौथो खेलमा थाइल्यान्डलाई ५२ रनले पराजित गरेको नेपालले पाँचौँ खेलमा आयोजक चीनमाथि ८४ रनको जित निकालेको थियो।
उपाधि निश्चित गर्ने अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण खेल रोकिनुअघि ११ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको थियो। प्रतिकूल मौसमका कारण खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले खेल पूरा गर्न पाएनन्।
तपाईको प्रतिक्रिया