एनपीएलमा आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दा दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे काठमान्डु र सुदूरपश्चिम आमनेसामने हुनेछन्। दुवै टोलीको समान ८ अंक रहेकाले यो खेल अंकतालिकाको स्थान सुधारका लागि महत्त्वपूर्ण हुनेछ।
पाँच खेल खेलेको काठमान्डुले चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ। ऊ अंकतालिकाको दोस्रो स्थानमा छ। यता ६ खेल खेलेको सुदूरपश्चिमले पनि चार जित र दुई हारसहित ८ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ।
यसैगरी, आजको दोस्रो खेलमा दिउँसो ४ः३० बजे चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
पाँच खेलबाट दुई जित, दुई हार र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको चितवन ५ अंकसहित पाँचौँ स्थानमा छ। यता ६ खेल खेलेको जनकपुरले दुई जित र चार हारसहित ४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ।
लिग चरणका खेलहरू निर्णायक बन्दै जाँदा आजका दुवै खेलले प्लेअफको समीकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ
तपाईको प्रतिक्रिया