काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार चार न्यायाधीश नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
नवनियुक्त न्यायाधीशमध्ये डा. बाग्चन्द यसअघि उच्च अदालत पोखराको मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए। त्यस्तै, सारु उच्च अदालत पाटनमा, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासमा र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए।
तपाईको प्रतिक्रिया