शनिबार २८ कार्तिक २०८३
खेलकुद

काठमाडौंविरुद्ध सुदूरपश्चिमको खराब सुरुवात, कप्तान दीपेन्द्रले सम्हाले इनिङ्स

शुक्रबार कार्तिक २७, २०८३/ Friday 11-13-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको छ।

टस जितेर काठमाडौं गोर्खाजले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १५ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ७६ रन बनाएको छ।

सुदूरपश्चिमको सुरुवात निकै निराशाजनक रह्यो। टोलीले ८ रन जोड्दा नै आफ्ना चार महत्वपूर्ण विकेट गुमाएको थियो।

कप्तान दीपेन्द्रसिंह ऐरीले एक छेउबाट सम्हालिएर ब्याटिङ गर्दै सर्वाधिक ४३ रन बनाएका छन्। उनले ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका छन्। आरिफ शेखले १६ रन जोडे।

काठमाडौंका जाहान्दाद खान र सन्तोष यादवले समान २–२ विकेट लिएका छन्।

१५ ओभरको खेल सकिँदा दीपेन्द्रसिंह ऐरी र थारिन्दु रत्नायके क्रिजमा छन्।

 

तपाईको प्रतिक्रिया