शनिबार २८ कार्तिक २०८३
समाज

प्रहरीमा एक एआईजी पद रिक्त, दुई डीआईजी पद पनि खाली हुँदै

शुक्रबार कार्तिक २७, २०८३/ Friday 11-13-26

काठमाडौं । नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पद रिक्त रहेको छ भने दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदसमेत खाली हुने भएका छन्।

एआईजीबाट प्रहरी महानिरीक्षक (आईजीपी) बनेका डा. मनोजकुमार केसीको पदोन्नतिसँगै एआईजीको एक पद रिक्त भएको हो। त्यस्तै, सेवा अवधिका कारण आगामी मंसिर २० गते तीन डीआईजी अवकाशमा जाने भएपछि डीआईजीका पद पनि रिक्त हुनेछन्।

रिक्त पदमा बढुवाको प्रक्रिया अघि बढेसँगै प्रहरी संगठनभित्र एआईजी तथा डीआईजी बढुवाको चर्चा चुलिएको छ।

 

तपाईको प्रतिक्रिया