बिहीबार २६ कार्तिक २०८३
राजनीति

मकवानपुर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तरुण अध्यक्ष लामाले गराए सरकारको ध्यानाकर्षण

बिहीबार कार्तिक २६, २०८३/ Thursday 11-12-26

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष दिल लामाले मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा १४ जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

अध्यक्ष लामाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

छठ पर्व मनाउन घर फर्किने क्रममा भएको उक्त दुर्घटनाले विशेषगरी सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका धेरै परिवारलाई शोकमा डुबाएको अध्यक्ष लामाले उल्लेख गरेका छन्।

उनले यस्तो पीडादायी अवस्थामा राज्यले पीडित परिवारलाई आवश्यक सहयोग र संरक्षण दिनुपर्नेमा जोड दिँदै राहत तथा उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया