बिश्वो
अमेरिकामा देशभरका हवाई उडान ठप्प, ७ हजार उडान प्रभावित
शनिबार कार्तिक २८, २०८३/ Saturday 11-14-26
काठमाडौं । अमेरिकामा हवाई ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका सबै हवाई उडानमा अस्थायी रोक लगाइएको छ।
सङ्घीय उड्डयन प्रशासन (एफएए) को निर्णयपछि करिब ७ हजार उडान ढिला भएका छन् भने कैयौँ उडान रद्द भएका छन्। न्युयोर्क, वासिङ्टन र क्यालिफोर्नियालगायतका विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन्।
अमेरिकी यातायातमन्त्री सीन डफीका अनुसार २२ वटा एयर ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा समस्या देखिएको हो। प्राविधिक टोली मर्मतमा जुटेको छ।
एफएएले अर्को सूचना जारी नभएसम्म उडान रोक्ने जनाएको छ। यसअघि नै आकाशमा रहेका विमानलाई भने गन्तव्यमा अवतरण गर्न अनुमति दिइएको छ।
तपाईको प्रतिक्रिया