राजनीति
कोप–३१ मा नेपालको जलवायु मुद्दा उठाउन पाँच सांसद टर्की जाँदै
शनिबार कार्तिक २८, २०८३/ Saturday 11-14-26
काठमाडौं । जलवायु परिवर्तनका असर, हिमाल तथा हिमनदीको संरक्षण र जलवायु न्यायका विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन नेपालका पाँच सांसद संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा सहभागी हुने भएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीको नेतृत्वमा पाँच सदस्यीय संसदीय टोली सम्मेलनमा सहभागी हुन टर्की प्रस्थान गर्ने भएको हो ।
सभामुखस्तरीय निर्णयअनुसार टोलीमा चौधरीसहित सांसदहरू आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी रहेका छन् ।
टर्कीको अन्ताल्यामा कात्तिक २३ गतेदेखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपालले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परिरहेका असर, हिमनदीको संरक्षण तथा जलवायु न्यायका सवाललाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया