खेलकुद
भारतसँगको शृङ्खलाका लागि नेपाली यू–१९ महिला टोली घोषणा
मंगलबार कार्तिक २४, २०८३/ Tuesday 11-10-26
काठमाडौँ। भारतसँग हुने यू–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
टोलीमा सोनीसहित रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिका कुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा छन् ।
आगामी वर्ष आयोजना हुने यू–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोली भारत जान लागेको हो । यसअघि विश्वकपकै तयारीका क्रममा चीन भ्रमण गरेको नेपालले त्यहाँ आयोजित प्रतियोगिताको उपाधिसमेत जितेको थियो
तपाईको प्रतिक्रिया