आइतबार २९ कार्तिक २०८३
खेलकुद

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

शनिबार कार्तिक २८, २०८३/ Saturday 11-14-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनायो ।

विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ४३ बलमा ६ छक्का र १ चौका प्रहार गरे । त्यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २४ र लोकेश बमले १५ रन बनाए ।

लुम्बिनीका किशोर महतोले २ विकेट लिए भने रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान १–१ विकेट हात पारे ।

अब लुम्बिनी लायन्सले जितका लागि १६७ रन बनाउनुपर्नेछ। 

 

तपाईको प्रतिक्रिया