सोमबार ३० कार्तिक २०८३
खेलकुद

कर्णालीसँग चितवन २४ रनले पराजित

आइतबार कार्तिक २९, २०८३/ Sunday 11-15-26

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो।

चितवनका लागि उसामा मीरले सर्वाधिक अविजित २८ रन बनाए। कामिल मिसाराले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन जोडे।

कर्णालीका बलर हुसेन तलातले ३ विकेट लिए। पवन सर्राफ र मार्क वाटले समान २ तथा सोमपाल कामीले १ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो।

कर्णालीका हुसेन तलातले अविजित ५१ रनको अर्धशतकीय पारी खेले। उनले ३३ बलमा ३ छक्का र २ चौका प्रहार गरे। आरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३५ रन बनाए। गुल्सन झाले ६ बलमा १८ रन जोडे।

चितवनका कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान २ विकेट लिए भने रिजन ढकाल र सिकन्दर राजाले १–१ विकेट हात पारे।

 

तपाईको प्रतिक्रिया