सोमबार ३० कार्तिक २०८३
समाज

गौरीघाटमा छठको रौनक, राष्ट्रपतिसहित भक्तजनले दिए अस्ताउँदो सूर्यलाई अर्घ्य

आइतबार कार्तिक २९, २०८३/ Sunday 11-15-26

काठमाडौं ।  शुद्धता, आस्था र पारिवारिक सुख–समृद्धिको कामना गर्दै मनाइने छठ पर्वको मुख्य दिन आइतबार देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।

तराई–मधेसमा विशेष उल्लासका साथ मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा पनि विस्तार हुँदै गएको छ।

यसैक्रममा काठमाडौंको गौरीघाटमा राष्ट्रपति रामचन्द्र पौडेलसहित ठूलो संख्यामा भक्तजन भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। छठका व्रतालुहरूले सूर्यदेव र छठीमाताको विधिपूर्वक पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गरेका छन्।

छठ पर्वको अवसरमा गौरीघाट क्षेत्र भक्तजनको घुइँचो, पूजाका सामग्री र धार्मिक उत्साहले उल्लासमय बनेको थियो।

 

तपाईको प्रतिक्रिया