सिंहदरबारमा कार्कीका लागि कार्यकक्ष तयार, अझै भएनन् हाजिर
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन पत्र बुझेको गृह मन्त्रालयले जनाएको छ।
मुलुकको शान्ति सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिन मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले नियुक्ति भएकै दिन नियुक्तिपत्र बुझेका थिए। तर, त्यसपछि तिहार र छठ पर्वका कारण लामो सार्वजनिक बिदा परेकाले उनी कार्यालयमा हाजिर हुन सकेका छैनन्।
कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ।
यसैबीच, आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्
तपाईको प्रतिक्रिया