सोमबार ७ मङ्सिर २०८३
समाज

दानबहादुर कार्कीको रिटमा आज पनि भएन सुनुवाइ, अर्को पेसीमा पहिलो नम्बरमा राख्न आदेश

सोमबार मङ्सिर ७, २०८३/ Monday 11-23-26

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज अन्तरिम आदेशबारे बहस हुन सकेन।

आइजिपी मनोजकुमार केसी म्याद बुझेर उपस्थित नभएपछि सुनुवाइ स्थगित भएको हो। इजलासले उनलाई अर्को सुनुवाइमा अनिवार्य उपस्थित गराउन र मुद्दालाई पहिलो नम्बरमा पेसी राख्न आदेश दिएको छ।

यसअघि कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने तथा केसीलाई नयाँ आइजिपी बनाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

सर्वोच्चले यसअघि सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो।

 

तपाईको प्रतिक्रिया