शनिबार १२ मङ्सिर २०८३
राजनीति

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

शुक्रबार मङ्सिर ११, २०८३/ Friday 11-27-26

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ।

शुक्रबार भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको छ।

भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत विचारविमर्श भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया