शनिबार १२ मङ्सिर २०८३
बिजनेस

ग्लोबल आईएमई बैंक भिसाका दुई विधामा सम्मानित

शुक्रबार मङ्सिर ११, २०८३/ Friday 11-27-26

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलका दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ।

भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेज’ विधामा सम्मान प्रदान गरिएको हो।

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै नवीनतम प्रविधिमा आधारित भिसाअन्तर्गतका विभिन्न बैंकिङ सेवाको विकास तथा विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

भिसाअन्तर्गत डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप सहज, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउन बैंकले गरेको प्रयासलाई सम्मानले थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

ग्लोबल आईएमई बैंकले डिजिटल बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीलाई प्राथमिकता दिँदै ग्राहककेन्द्रित वित्तीय सेवाको विस्तारमा निरन्तर काम गर्दै आएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया