मंगलबार ६ कार्तिक २०८१
बिश्वो

अन्तर्राष्ट्रिय ट्रेड युनियनमा अजय राई निर्वाचित

मंगलबार असोज २९, २०८१/ Tuesday 10-15-24

काठमाडौँ । नेपालका अजय कुमार राई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व कार्य समिति सदस्य पदमा पुनः निर्वाचित भएका छन् ।

अक्टोबर १३ बाट शुरु भएको इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको ४६औँ वर्ल्ड  कांग्रेसको इलोक्टोरल बैठकले राईलाई आगामी पाँच वर्षसम्मका लागि निर्वािचत गरेको हो ।

विश्व स्तरमा यातायाततर्फको ट्रेड युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड  युनियन कांग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो ।

फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न ट्रेड  कांग्रेसमा पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए । लण्डनमा मुख्यालय रहेको फेडेरेशनको १४९ देशमा सन्जाल छ ।  करिब दुई करोड सदस्य रहेको फेडेरेशनले नागरिक उड्डयन, पानी जहाज, रेल्वे, सडक, बन्दरगाह, पर्यटन, शहरी यातायात गरी ९ क्षेत्रका श्रमिकहरू समावेश छन् ।

विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडेरेशनसँग आबद्ध रहेका छन् । फेडेरेशनले यातायात क्षेत्रका श्रमिकहरुका लागि विश्वस्तरमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ), आईकाओ जस्ता संस्थाहरुसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय कानुन बनाउने, श्रमिक हक अधिकारका लागि गतिविधि सन्चालनसहित  यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ ।

निर्वाचित राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील छन् । नेपालका श्रमिकहरुको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएका उनी नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार समेत हुन् ।

तपाईको प्रतिक्रिया