मंगलबार ६ कार्तिक २०८१
समाज

विपदमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24

काठमाडौं । गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ । मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप प्रतिव्यक्ति दुई लाखका दरले राहत रकम वितरण गरिएको हो । 

हालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपद्का घटनामा ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायतास्वरुप राहत रकम वितरण गरिएको जनाकारी दिए । 

तपाईको प्रतिक्रिया