मंगलबार ६ कार्तिक २०८१
समाज

भिस्तारा एयरमा बमको हल्लापछि सर्च गर्दै सुरक्षा निकाय

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24

काठमाडौँ । भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् । 

दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी आएपछि आफू त्यसतर्फ गइरहेको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन् । उनले भनिन्, ‘बम रहेको सूचना सुनेपछि म त्यसतर्फ जाँदैछु । सुरक्षा निकाय परिचालन भएका छन् ।’ विमानमा रहेका सबै यात्रु ओरालिएको छ । 

नेपाली सेनासहितको टोलीले खान तलासी सुरू गरेको हो । १५७ जना यात्रु बोकेर दिल्लीबाट आएको जहाजमा बम राखेको हल्ला भएपछि अहिले खानतलासी गरिएको हो । उनका अनुसार अहिलेसम्म केही नदेखिएको भए पनि सर्च जारी रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने विमान पार्किङ वेमा रहेकाले उडान–अवतरण नियमित रहेको जनाएको छ । 

तपाईको प्रतिक्रिया