मंगलबार ६ कार्तिक २०८१
समाज

वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24

काठमाडौँ । बिपी राजमार्ग अन्तरगत धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा-वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्रयाकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले यो खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयले सूचना प्रकाशित गरेर सडक बन्द हुने जानकारी दिएको छ। चौकीडाँडा-बर्षेखोला खण्ड पूर्ण रुपमा बगाएकोले हाल ट्रयाक निर्माण गरी यात्रुवाहक सवारीसाधनको लागि मात्र आवागमन खुलाइएको छ।

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको वीपी राजमार्ग सडक विभाग, स्थानीय पालिका, नेपाली सेना तथा प्रहरीको अग्रसरतामा १४ दिनपछि दशैंको नवमीको दिनदेखि एकतर्फी खुलेको थियो।

तपाईको प्रतिक्रिया